
काठमाडौं,२०बैशाखः नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार तोलामा १ लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आजको मूल्य १ लाख ३६ हजार ५ पाँच सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै हिजो १ लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बिहीबार भने १ लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। हिजो बुधबार प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहीबारका लागि भने १ हजार ६ सय ४५ रुपैयाँ निर्धारण भएको छ।

