Madhes Khabar
अर्थतन्‍त्र

बाराकाे नाकामा पुगेर अर्थमन्त्री महतले भने : राजश्व बढाउने नै सरकारकाे लक्ष्य छ

बारा,८माघ:संघीय सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन्।

सोमबार बाराकाे सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका हुन्।

उनले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ।’

उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए। ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ। यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ। दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ’ मन्त्री डा.महतले भने।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा.महतले बताए।साभार:नागरिक

Related posts

सुनको मूल्य १ लाख ९० हजार नाघ्यो

MadhesKhabar

घट्यो अन्डाको मूल्य

MadhesKhabar

भारतीय बन्दरगाहबाट नेपालका सामान ढुवानी गर्न नेपालकै रेल्वे र्‍याक सञ्चालन गर्न निजी क्षेत्रको सुझाव

MadhesKhabar

Leave a Comment