Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जको घण्टाघरमा सञ्चालनमा आयो ‘वीरगन्ज गेटवे स्पा’ सेन्टर

वीरगन्ज,२६कार्तिकः वीरगन्जमा ‘वीरगन्ज गेटवे स्पा’ मसाज सेन्टर सञ्चालनमा आएको छ । होटल तथा पर्यटन व्यवसायी माधव बस्नेतले वीरगन्जको घण्टाघर छेउको लिंकरोडमा ‘वीरगन्ज गेटवे स्पा’ सञ्चालनमा ल्याएका हुन् ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा संयोजक हसिर पन्तले ‘वीरगन्ज गेटवे स्पा’ को समुद्घाटन गरेका हुन् । ‘वीरगन्ज गेटवे स्पा’ को समुद्घाटन गर्दै वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्षसमेत रहेका पन्तले पछिल्लो समय वीरगन्जमा आन्तरिक पर्यटकसंगै भारतीय पर्यटकको आगमन बढ्दै गएको बताए । उनले वीरगन्जमा सुविधासम्पन्न होटल , रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको भन्दै स्पा अर्थात मसाज सेन्टरहरुको संख्यापनि बढ्दै गएकोले वीरगन्जको होटल तथा पर्यटन व्यवसायलाई यसले थप टेवा पुरयाएको बताए ।

‘वीरगन्ज गेटवे स्पा’ का सञ्चालक बस्नेतले करिब १५ लाख रुपैयाँको लगानीमा ‘वीरगन्ज गेटवे स्पा’ सञ्चालनमा ल्याइएको बताए ।विभिन्न कामको शीलशीला तथा घुम्न आउने आन्तरिक पर्यटकसंगै भारतीय पर्यटकलाईपनि लक्षित गरेर ‘वीरगन्ज गेटवे स्पा’ सञ्चालनमा ल्याइएको बताए ।

अर्का सञ्चालक कुबेर कार्कीका अनुसार,‘वीरगन्ज गेटवे स्पा’ मा बडी मसाजको शुल्क ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । ‘वीरगन्ज गेटवे स्पा’ मा काठमाडौंका स्पा सेन्टरमा लामो समयसम्म कााम गरेका अनुभवी कर्मचारीहरुलाई ल्याएर राखिएको कार्कीले जानकारी दिए । ‘वीरगन्ज गेटवे स्पा’ सेन्टरमा वातनाकुलित (एसी) एंव सुविधासम्म ५ वटा क्याबिनहरु राखिएको उनले बताए ।
उद्घाटन कार्यक्रममा वीरगन्जका होटल व्यवसायी , सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

MadhesKhabar

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री राउतको काउण्टर : प्रदेश सरकारका गठबन्धनका मन्त्रीहरु हटाउने तयारी

MadhesKhabar

पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम

MadhesKhabar

Leave a Comment