Madhes Khabar
स्थानिय हेडलाइन

‘वीरगन्जकाे मेनराेड विस्तारको मुद्दा टुङ्गो लागेको छैन, सर्वोच्चमा विचाराधीन छ’ : सडक डिभिजन कार्यालय

वीरगन्ज,५जेष्ठ : वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

मुद्दा अदालतमा विचाराधीन रहेकोले त्रिभूवन राजपथअन्तर्गत पर्ने वीरगन्जको भन्सार क्षेत्र र रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको सडक फराकिलो गर्ने विषय अहिले टुङ्गो नलागिसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सीडीई राकेश कुमार यादवले बताए ।

‘हेटौंडा बजारको सडक विस्तार गर्ने विषयमा मात्रै अदालतबाट आदेश आएको छ । वीरगन्जको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन छ । यस विषयमा अहिलेसम्म केहि टुङ्गो लागेको छैन,’ यादवले भने, ‘खै कुन पत्रकारले के लेखिदिएको छ । हिजोदेखि स्पष्टिकरण दिँदादिँदै म हैरान छु ।’

वीरगन्जबाट प्रकाशित केहि सञ्चार संस्थाले वीरगन्जको मुख्य सडक विस्तारको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको भन्दै बिहिबार समाचार लेखेपछि यस विषयमा अन्योल सृजना भएको थियो ।

सर्वोच्च अदालतमा वीरगन्जको सडक फराकिलो गर्ने विषयमा अन्तिम सुनुवाई जेठ ३१ गते रहेको यादवले बताए । ‘वीरगन्जको सडकका बारेमा अहिले केहिपनि भन्न सकिँदैन । जेठ ३१ गते सुनुवाई छ, जे फैसला आउँछ हामीपनि सोहीअनुसार काम गर्छौं,’ यादवले स्पष्ट पारे ।

यद्यपि बागमती प्रदेशको राजधानी हेटौंडा बजारको सडक भने २५ गज बिस्तार गर्न अदालतले अनुमति दिएको यादवले जानकारी दिए । उनले हेटाैडाकाे सडकको मध्य बिन्दूबाट दुवै तर्फ २५/२५ गज सडक बिस्तार गर्न सर्वोच्चले फैसला सुनाएको बताए । ‘हेटौंडाको रातोमाटेदेखि राप्ति रोडसम्म लगभग ६ किलोमिटर २५/२५ गज सडक फराकिलो गर्ने हामीले तयारी गरेका छौँ,’ उनले भने, ‘वीरगन्जकाे बारेमा भने अदालतबाट फैसला आएपछि त्यहाँको सडकपनि फराकिलो गर्छौं ।’

Related posts

चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध

MadhesKhabar

वीरगन्जको ‘मेनरोड’ विस्तार गर्न बिहानैबाट चल्यो डोजर : १२ सय बढी घरटहरा भत्काइदैं

MadhesKhabar

बाराकाे जंगलमा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

Leave a Comment