Madhes Khabar
स्थानिय

राष्ट्रिय खेलकुदमा विजेता पर्साका दुई खेलाडी जगरनाथपुर गाँउपालिकाद्वारा नगद सहित सम्मानित

वीरगन्ज ,१९माघ : नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण र रजत पदक विजेता पर्साका दुई कुश्ती खेलाडी नगद सहित सम्मानित भएका छन् ।

पर्साकाे जगरनाथपुर गाँउपालिकाले पाेखरामा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा कुश्तीमा स्वर्ण पदक जितेका लालबहादुर यादवलाई नगद २५ हजार र रजत पदक विजेता रितेश प्रसाद यादवलाई नगद १० हजार रुपैयाँ सहित सम्मानित गरेकाे हाे ।

बिहीबार गाँउपालिकामै आयाेजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य रमेश रिजालले दुवै खेलाडीलाई नगद र कदरपत्र प्रदान गरे ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसादकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द राय, कांग्रेस महाधिवेशन प्रतिनिधि रामदेव चाैहान लगायतको पनि सहभागीता थियाे ।

Related posts

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

MadhesKhabar

पर्सामा लागू औषधको सञ्जाल भत्काउँदै प्रहरी : फेरि ट्रकबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

वीरगन्जमा एक किशाेरीमाथि छुरा प्रहार

MadhesKhabar

Leave a Comment