Madhes Khabar
स्थानिय

वीरगन्जमा एक किशाेरीमाथि छुरा प्रहार

सांकेतिक फाेटाे

वीरगन्ज,१५जेष्ठ:वीरगन्जमा एक किशाेरीमाथि छुरा प्रहार भएकाे छ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा १८ बर्षिया किशाेरीमाथि छुरा प्रहार गरिएको हाे।छुरा प्रहारबाट पर्साकाे पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे घर भएकी १८ बर्षिय प्रिया यादव गम्भीर घाइते भएकी छन्।

वीरगन्जको राधेमाईमा विक्रम तिमिल्सिनाकाे घरमा डेरा लिएर बस्दै आएकी यादवमाथि मंगलबार राति साढे ८ बजे अपरिचत व्याक्तिले छुरा प्रहार गरेका हुन् ।छुरा प्रहार गरिएपछि यादवले चिच्याउँदै प्रतिवाद गरेपछि छुरा प्रहार गर्ने व्याक्ति फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

यादवलाई कसले र किन छुरा प्रहार गरेकाे बारेमा खुल्न सकेकाे छैन।छुरा प्रहार गर्ने व्याक्ति फरार रहेकाे र उनकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।घाइते यादवलेपनि आँफुमाथि छुरा हान्ने व्याक्तिलाई आँफुले नचिनेकाे प्रहरीलाई बताएकी छन्।

यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए । उनीहरूलाई आफूले नचिनेको यादवले बताएकी छन् ।

घाइते यादवको वीरगन्जजस्थित तराई अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्साको भिस्वामा सर्पले डस्दा एक युवकको मृत्यु

MadhesKhabar

विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम

MadhesKhabar

वीरगन्जको अर्को एक वडामा पनि काँग्रेसलाइ झट्का, २४ मा एमाले विजयी

MadhesKhabar

Leave a Comment