Madhes Khabar
स्थानिय हेडलाइन

गोपाल गिरी पत्रकारीता पुरस्कारबाट पत्रकार महेश दास पुरस्कृत

मधेसखबर
वीरगन्ज,०१ माघ : स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।वीरगन्जका पूर्व मेयर एंव पत्रकार स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार दासलाई प्रदान गरिएको हो ।

आइतबार बिहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दासलाई पुरस्कार प्रदान गरेका हुन् ।

गत पुस १९ मा बसेको पत्रकार महासंघ पर्साको बैठकले लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कृत दास , वीरगन्ज महानगरका मेयर सिंहका प्रेस सल्लाहकार पनि हुन् ।

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल ,पत्रकार सुदर्शनराज पाण्डे लगायतको पनि उपस्थिती थियो ।

यो पुरस्कारबाट यसअघि पत्रकारहर गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् ।

Related posts

यू–१९ टिमकी कप्तानसहित मधेसका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने मन्त्री जयसवालको घोषणा

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment