Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा जिल्लाका पालिकाहरुमा भइरहेका भ्रष्टचारहरुको पर्दाफास गर्ने जेनजी युथ फोर्सको निर्णय

वीरगन्ज,१८ चैत : जेनजी यूथ फोर्स पर्साको जिल्ला स्तरीय बैठक वीरगन्जमा मंगलबार सम्पन्न भएको छ ।उक्त बैठकले पर्सा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा भइरहेका अनियमितता र भ्रष्टचारको पर्दाफास गर्दै त्यसमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कानूनी कारबाहीको दायरमा ल्याउने निर्णय गरेको छ ।

जिल्लका हरेक पालिकामा भइरहेका चलखेल र अनियमिततालाई जेजनी युवाहरुले नजिकबाट नियालिरहको , प्रमाणसहित भ्रष्ट कर्मचारी र बिचौलियाहरूको पर्दाफास गरी कानुनी कारबाहकिो दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराख्ने निर्णय गरिएको जेनजी युथ फोर्स पर्साका विशेष साहले जानकारी दिए ।

बैठकमा उनले भने, अब सहने समय सकिएको छ। पालिकाकालाई भ्रष्टाचारको आखडा बनाउने प्रयास गरिए, त्यसमा संलग्न प्रत्येक व्यक्तिलाई सार्वजनिक गरिनेछ।युवा शक्ति अब चुप लागेर बस्ने छैन। परिवर्तनका लागि अब कदम चालिन्छ।

यस्तै बैठकमा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने र युवाहरूको व्यापक सहभागिता विस्तार गर्ने विषयमा विस्तृत छलफल पनि भएको उनले बताए । बैठकले छिट्टै टोल, वडा, पालिका, महानगरपालिका तथा जिल्ला स्तरमा समिति गठन गर्ने निर्णयपनि गरेको जानकारी उनले गराए।

 

Related posts

पटेर्वा सुगौलीको सह्रानीय काम : सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्रीसहितको कोसेली वितरण

MadhesKhabar

बारा : बोतलभित्रै किरा भेटिएपछि नेशनल पानी उद्योगमा सिलबन्दी, पक्राउ परेका सञ्चालक रिहा

MadhesKhabar

पर्साकाे शान्ति सुरक्षा र अमनचयनमा प्रहरीले कुनै समझाैता गर्दैन : एसपी ढुंगेल

MadhesKhabar

Leave a Comment