Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध २८ असोज सम्म थप

फाइल फोटो

मधेसखबर
वीरगन्ज, १४ भदौं : सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध ,आगामी असोज २८ गते सम्मका लागि थप गरेको छ ।

सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर यस्ता १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ ।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्च भन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

Related posts

वीरगन्जको होटलमा लुकीछिपी बसेका बंगलादेशी नागरिक हुसेन पक्राउ

MadhesKhabar

एनसेल खरिद–बिक्री छानबिन गर्न उच्चस्तरीय समिति गठन

MadhesKhabar

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

MadhesKhabar

Leave a Comment