Madhes Khabar
समाज हेडलाइन

पर्साका मिटरब्याजी पिडितको गुनासो : १ लाख ऋण लिदाँ ३ लाखको तमसुक बनाउनु पर्छ

तस्बिर : जगत राई

वीरगन्ज,२६कात्तिकःपर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी १ हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुंग्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार साहुकर (मिटरब्याजी) र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा २ हजार ३६७ उजुरी परेकामा हालसम्म १ हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुंग्याइएको हो । अब ६ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको उनले जानकारी दिए ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले भने ‘१ लाखको ऋण दिएर ३ लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्’, ।

पोखरिया नगरपालिकाका कन्हैया प्रसाद यादवले ५ वर्षअघि १ लाख १० हजार रुपैयाँ ऋण लिदाँ साहुकार जोगिन्दर राउत कुर्मीले ३ लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाए । उनले भने, ‘सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ।’

पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रहरी नायब उपरीक्षक बस्नेतले दिए। रासस

Related posts

वीरगन्जको भवानीपुरमा नवनिर्मित बर्थिङ सेन्टरमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालन

MadhesKhabar

पोखरीया ४ मा काँग्रेसको विरासत कायम , वडाअध्यक्षमा कानु विजयी

MadhesKhabar

आगजनी र लुटपाटबाट वीरगन्ज महानगरपालिकामा मात्रै १ अर्ब १५ करोड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

Leave a Comment