
Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS
RESTRICTED TO EDITORIAL USE
वीरगन्ज,४साउनःएसीसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जीत हात पारेको छ । शुक्रबार भएको आफनो पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको हो । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो।
नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

