Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा बल्ल सुरु भयो कांग्रेसको एक महिने ‘जरा अभियान’

वीरगन्ज,१२वैशाखः पर्सा जिल्लामा नेपाली कांग्रेसको ‘जरा अभियान’ बल्ल सुरु भएको छ । पार्टी संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उदेश्यले केन्द्रिय कार्य समितिले वैशाख १ गतेदेखि ननै ७७ वटै जिल्लामा ‘जरा अभियान’ सुरु गर्ने निर्देशन दिएको भएपनि पर्सामा भने शनिबारदेखि मात्रै उक्त अभियान सुरु गरिएको हो ।

शनिबार वीरगन्ज–२४ रामगढवास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस पर्साले एक कार्यक्रमको आयोजना गर्दै जिल्लामा ‘जरा अभियान’ को सुरुवात गरेको हो ।

कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा पूर्व मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको शनिबारको काार्यक्रममा पूर्व मन्त्रीहरु सुरेन्द्र चौधरी,अजय चौरसिया, प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पर्टीका जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,सहसचिचव नवीन सिंह लगायत नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कांग्रेसले पार्टी संगठनलाई सुदृढ र प्रभावकारी बनाउन ‘एक महिने जरा अभियान’ सञ्चालन गरेको हो।यस अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, नागरिक संवाद लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गरी पार्टीलाई आधार तहसम्म पुनः सक्रिय बनाउने अभियानलाई ‘जरा अभियान’ नाम दिइएको हो।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार, अनुसार १ वैशाखदेखि मसान्तसम्म क्रियाशील सदस्यता अभियान सञ्चालन हुनेछ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । केन्द्र र स्थानीय तहबाट अतिरिक्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।

वैशाख महिनााभर सञ्चालन हुने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’ नाम दिएको छ । पौडेलका अनुसार यसको अर्थ पार्टीलाई पुनः आधार तहसम्म पु¥याउने अभियान हो ।‘जरा भनेको रुखको आधार हो । अब जरामै गएर पानी र मल हाल्नुपर्छ । केन्द्र र सदरमुकामबाट गाउँ र टोलसम्म पुग्नुपर्छ भन्ने यसको मर्म हो,’ उनले भने, ‘सदस्यता अद्यावधिक गर्न पनि सदस्यता लिएको स्थानमा जानुपर्छ, अन्यथा अद्यावधिक हुँदैन ।’

कांग्रेसका हाल ८ लाख ६३ हजार क्रियाशील सदस्य छन् । तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा छैन भने धेरै नम्बर गलत वा दोहोरिएका छन् । अब अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्नुपर्ने र मोबाइल नम्बर अनिवार्य राखिएको छ ।

Related posts

सुर्तीखेती छाडेर ठाेरीका युवाहरु उखुखेतीमा,आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा

MadhesKhabar

आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी

MadhesKhabar

वीरगन्ज महानगरमा एमालेको पहिलो जित , ३१ नम्बर वडामा जितेन्द्र यादव विजयी

MadhesKhabar

Leave a Comment