Madhes Khabar
राजनीति

वीरगन्जमा जन्मियो: जनता जनार्धन पार्टी नेपाल

मधेसखबर

वीरगन्ज,३१ साउन : वीरगन्जमा मङ्गलबार जनता जनार्धन पार्टी नेपालको घोषणा गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा  मङ्गलबार पत्रकार सम्मेलन गरि जनता जनार्धन पार्टी नेपालको घोषणा गरिएको हो ।

पार्टीका केन्द्रिय सदस्य प्रमोद सहनी निषादको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष जितेन्द्र सहनी निषादको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीको घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका  केन्द्रिय अध्यक्ष निषादले नेपालमा अहिलेसम्म रहेका दलहरुले   राजनितिलाई व्यवपार बनाएकोले बाध्य भएर नयाँ दल खोल्नु परेकोबताए ।

उनले अहिलेको विधमान शासन व्यवस्था परिवर्तन गर्न, वेरोजगारीको समस्या अन्त्य गर्न र राजनिति मार्फत नेपाली जनताको सेवा गर्न जनार्धन पार्टी नेपाल दल खोलेको बताए ।

पत्रकार सम्मेलनमा पार्टीका नेताहरु जयकिसुन मुखिया, बिनोद जयसवाल, सुदामा मुखिया लगायतको पनि उपस्थिति थियो ।

निषादले २१ सदसिय केन्द्रिय कार्य समिती गठन गरिएको तथा जिल्ला र ३ वटा प्रदेशमा कमिटी गठन गर्ने पनि जानकारी दिए।

Related posts

काँग्रेसका क्षेत्रीय सदस्य ठाकुर सहितका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

ठाेरीमा कांग्रेसले सप्ताह व्यापी कार्यक्रम गरेर मनायाे विपी स्मृति दिवस

MadhesKhabar

एमाले जस्तै काँग्रेसलाइ पनि ठेगान लगाइ दिन सक्छौ – प्रचण्ड

MadhesKhabar

Leave a Comment