Madhes Khabar
राजनीति

पर्सा २ (ख) का मतदाता भन्छन् : स्वतन्त्र उम्मेद्वार रुपेशमानको विकल्प नै छैन

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : पर्सा क्षेत्र नम्बर २(ख) मा स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको विकल्प नभएको त्यस क्षेत्रका अगुवाहरुले बताएका छन् ।

यस अघि निर्वाचितहरुले क्षेत्रको विकासमा कुनै पनि भूमिका निर्वाह नगरेको भन्दै अब दलीय उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको उनीहरुको भनाई छ ।पर्सा २ (ख)का ११ वटै वडाका अगुवाहरुको सम्पन्न भेलाले स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन टोलटोलमा प्रचारप्रसार समिति र घरघरमा प्रतिनिधि पुग्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

यस अघि जितेका दलका प्रतिनिधि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले अब दलीय उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वारलाई जिताउनु पर्नेमा उनीहरुले जोड दिए ।उनीहरुले देशैभर स्वतन्त्र उम्मेद्वारको चर्चा रहेको र स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारले जितेका स्थानमा काम पनि राम्रो भइरहेको भन्दै अब आफ्नो प्रतिनिधि चुन्दा दलीय नभई स्वतन्त्र उम्मेद्वार चयन गर्ने प्रतिबद्धता पनि जनाए ।हरेक वडाका अगुवाले आफ्नो वडामा स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा नै माहोल रहेकाले उनको विकल्प नरहेको बताएका हुन् ।

Related posts

जसपाका उपमहासचिव प्रदीप यादवले भने : नेकपासंग पार्टी एकताकाे च्याप्टर क्लाेज भयाे

MadhesKhabar

पर्सामा ४ पूर्वमन्त्रीसहित १०९ जना उम्मेदवार : कुन क्षेत्रमा को को उत्रिए चुनावी मैदानमा ?…

MadhesKhabar

पोखरीयामा काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक , विकास र समृिद्ध प्राथमिकतामा

MadhesKhabar

Leave a Comment