Madhes Khabar
राजनीति

उपराष्ट्रपति निर्वाचन आज

काठमाडौं ,३चैत : उपराष्ट्रपति निर्वाचन आज शुक्रबार हुँदै छ। जसका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।

सत्तारुढ गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादव पछि हटेकी थिइन्।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म मतदानको समय तोकिएको छ। त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बिहीबार नै प्रेस विज्ञप्तिमार्फत जनाएको थियाे। स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आयोगले अनुरोध गरेको छ।

यो निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले गरेको छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ।

कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२)ले गरेको छ। बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ।

५० प्रतिशत नकटाए पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। त्यस बेला कुल सदर मतको बढी मत पाउने उम्मेदवार निर्वाचित हुन्छन्। दुई वा सोभन्दा बढी उम्मेदवारको मत बराबर भए निर्वाचन अधिकृतले नै गोली हाली निर्णय गर्ने व्यवस्था छ। साभार:अन्नपुर्ण पाेष्ट

Related posts

राजवादीलाई काउन्टर दिन ओेलीकाे निर्देशनमा एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

MadhesKhabar

पर्सामा जसपा, एमाले र रास्वपा परित्याग गरी ६५१ जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

मुख्यमन्त्री यादवको आरोप : प्रचण्ड र ओली संघीयताको घोर विरोधी हुन्

MadhesKhabar

Leave a Comment