मधेस खबर
वीरगन्ज,२८ गते: कम्युनिष्ट नेता विजय पौडेलको निधनमा शोक व्यक्त गर्दै नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ पर्साले आयोजना गर्न लागेको विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ।
कमिटीले २०८३ असोज २८ गते बुधबार दिउँसो १२ः१५ बजे पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित मानिकपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तय गरेको थियो।
कम्युनिष्ट नेता पौडेलको यही मंगलबार भएको निधनपछि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गर्ने उद्देश्यले कार्यक्रम स्थगित गरिएको कमिटीले जनाएको छ।
कार्यक्रममा सहभागी हुन आमन्त्रित सम्पूर्ण नेता, कार्यकर्ता तथा अन्य महानुभावलाई कार्यक्रम स्थगित भएको जानकारी गराउँदै कमिटीले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।कमिटीले दिवंगत नेता विजय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

