Madhes Khabar
राजनीति

एमाले प्रवेशको तयारीमा रहेका रौनियार भन्छन् : देश विकासको स्पष्ट भिजन केपी ओलीसँगमात्रै छ

फाइल फोटो ।

वीरगन्ज,३०कार्तिकः जसपा छाडेर नेकपा एमाले प्रवेश गर्ने तयारीमा रहेका पूर्व सांसद हरिनारायण रौनियारले देशलाई समृद्ध बनाउदै विकासमा अगाडि बढाउने स्पष्ट दृष्किोट(भिजन) एमाले अध्यक्ष केपी ओलीमा मात्रै बताएका छन् । देश र जनताको समृद्धिका लागि सापेक्ष दृष्टिकोण एमाले अध्यक्ष ओलीसँगमात्रै देखिएका कारणले नै आपफु एमालेमा प्रवेश गर्न लागेको उनले बताएका छन् ।

सञ्चारकर्मीहरुसंगको कुराकानीमा रौनियारले आफू पर्सा क्षेत्र नबर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदा षड्यन्त्रको शिकार बनाएर काम गर्न नदिइएको गुनासोपनि गरे ।उनले भने, ‘म प्रतिनिधिसभामा चुनिएको थिएँ । यहाँका मतदाताले मलाई विश्वास गरेर त्यो स्थानमा पु¥याउनुभएको थियो । तर, अनेक राजनीतिक षड्यन्त्रको चक्रब्युहमा पारेर मलाई जनताको सेवा गर्ने अवसरबाट वञ्चित गर्न खोजियो । षड्यन्त्रको शिकार बनाइयो । तर पनि मैले आफ्नो पहल र प्रयासमा यो क्षेत्रको विकासका लागि गरेका प्रयासहरु र त्यसका परिणामहरु यहाँहरूको सामुन्ने नै छ ।’

जनताका प्रतिनिधिहरु आवद्ध राजनीतिक दलको शीर्ष नेतृत्व व्यक्तिकेन्द्रित र निहीत लाभमा लिप्त हुँदासम्म जनहितका काम हुन नसक्ने दाबी उनले गरे । उनले थपे ‘मूल नेतृत्व नै व्यक्तिकेन्द्रित स्वार्थमा डुबेको छ, त्यसबाट देश र जनताको भलो कदापि हुन सक्दैन । देशको विकास, जनताको समृद्धि र सुखका लागि यस्तो नेतृत्व चाहिन्छ, जसमा स्पष्ट दृष्टिकोण र सापेक्ष अडान होओेस, त्यस्तो नेता एकमात्र केपी ओली हुनुहुन्छ । उहाँको नेतृत्वबाट मात्रै हामीले चाहेको विकास र समृद्धिको अभियान सफल हुन सम्भव छ । यो अभियानमा तपाई हामी सबैको साथ समर्थन, सहयोग र सहभागिता चाहिन्छ भन्ने निष्कर्षमा म पुगेको छु ।’

केपी ओलीको विकासको सपना, दृष्टिकोण, र योजनाहरुबाट सुतेर सपना देख्नेहरु अत्तालिएको उनको दाबी छ । ‘काम नगर्ने, कुरामात्र गर्ने र निदाएर सपना देख्नेहरु ओलीका योजना र दृष्टिकोणलाई कसरी असफल पार्न सकिन्छ भनेर उडाउने, षड्यन्त्र गर्ने काममा समय बर्बाद गर्छन् । आफ्नोमात्र होइन, देशको, तपाई हाम्रो समय र स्रोत बर्बाद पार्छन । यही आचरणका कारण अहिले देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसकेको छ । तर, यो अब चल्दैन,’ उनले भने ।

 

Related posts

तनँहु छाडेर बारामा चुनाव लडेका किसान श्रेष्ठसंग आयोगले सोध्यो स्पष्टीकरण

MadhesKhabar

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

MadhesKhabar

मेयरको सपथग्रहणमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादव वीरगन्जमा

MadhesKhabar

Leave a Comment