
मधेसखबर
वीरगन्ज,१७जेठ : लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) ले बैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले धाँधली गरेको आरोप लगाएको छ ।
निर्वाचन सम्पन्न भएको झण्डै तीन हप्ता पछि लोसपाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले धाँधली गरेको आरोप लगाएको हो ।
मङगलबार लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । सरकारले पनि निष्पक्ष निर्वाचन गराउन नसकेको आरोप लगाउदै अध्यक्ष ठाकुरले भनेका छन् ,‘ विभिन्न स्थानमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेर चुनाव जितेका हुन् ।
अब हुने प्रदेश र संघको निर्वाचनमा पनि धाधली र राज्य शक्तिको दुरुपयोग हुन सक्ने भएकाले आम मतदाता , लोसपा पार्टी , निर्वाचन आयोग र सुरक्षा निकाय अहिले देखि सचेत रहन लोसपाले आग्रह पनि गरेको छ ।


