Madhes Khabar
समाज

पत्रकार नेहाल खानलाई प्याब्सन पर्साद्वारा १ लाख २८ हजार सहयोग

वीरगन्ज,१७असोजः फोक्सोको समस्याबाट ग्रसीत भई बिरामी भएका वीरगन्जका पत्रकार नेहाल खानलाई निजी तथा आवासीय विद्यालय एशोसिएशन (प्याब्सन) पर्सालेपनि आर्थिक सहयोग गरेको छ ।

कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान केहि दिनअघि सिकिस्त भएपछि नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नीपनि क्यान्सरपीडित भएर चितवन मेडिकल कलेजमा उपचारत रहेकी छन् ।

मंगलबार प्याब्सन पर्साका तर्फबाट अध्यक्ष पुरन प्रधानले पत्रकार खानको घरमै पुगेर १ लाख २८ हजार १८१ रुपैयाँ सहयोग गरेका थिए । त्यसबेला प्याब्सनका सरोज चौधरी, आलोक चौरसिया, सन्नी पाख्रिन, सुरज पटेल, सुशीला साहलगायतकोपनि उपस्थिती थियो ।
यसअघि अस्पतालमा भर्ना रहेकै बेला पत्रकार खानलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलेपनि व्याक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

Related posts

कलैयामा पनि महिलाहरुले निकाले अनुपम यात्रा : ‘अबको चुनावमा महिला पहिला’

MadhesKhabar

जगरनाथपुरको बहुअरीमा धर्मशाला भवनको शिलन्याश

MadhesKhabar

संचारकर्मी खतिवडालाई १५ हजार सहयोग गर्ने प्रेस चौतारी नेपाल बाराको निर्णय

MadhesKhabar

Leave a Comment