Madhes Khabar
स्थानिय

पानी नपाएर त्राहीमाम भएका वीरगन्ज १४ का स्थानीयले दिए आन्दोलनको चेतावनी

वीरगन्ज ,४साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का स्थानीयले पाँचदिन भित्र आफनाे वडामा पानीको समस्या वडाका जनप्रतिनिधिले समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

वीरगन्ज महानगर र यस आसपासका क्षेत्रमा केहि दिन यता चापाकल लगायतका पानीका श्राेत सुकेर पानीको हाहाकार भएकाे छ । जसका कारण महानगरवासीकाे जनजिवन नै कष्टकर बनेकाे छ ।

बिहीबार नेपाली कांग्रेसका बुथ सभापति बिश्वेसर प्रसाद कुर्मीकाे नेतृत्वमा स्थानीयवासीले वडा नम्बर १४ काे वडा कार्यालयमा पुगेर वडाअध्यक्ष महबुब एलाही अन्सारीलाई ज्ञापनपत्र बुझाउदै पानीको समस्या समाधानकाे लागि माग गरेका हुन् ।

ज्ञापनपत्र बुझाइएकाे पाँच दिनभित्र वडामा पानीको समस्या समाधान नगरिए सम्पुर्ण वडावासी नै सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएकाे कांग्रेस बुथ सभापति कुर्मीले बताए ।

वडाभरिका चापाकलहरु सुक्र पानी आउनै छाडेपछि वडामा पानीको हाहाकार हुदाँ समेत वडाका जनप्रतिनिधिहरुले चासाे नलिएपछि बिहीबार ज्ञापनपत्र बुझाइएको कुर्मीले बताए ।

Related posts

पर्सा–२ का मतदातालाई कांग्रेस माथी पुर्ण बिस्वास राख्न अजय चौरसियाको आग्रह

MadhesKhabar

एक महिनामा पर्सा प्रहरीको प्रगती : ६ करोड बढीको तस्करीका सामान बरामद

MadhesKhabar

नदी अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु खाली गर्न वीरगन्ज महानगरको १५ दिने अल्टिमेटम

MadhesKhabar

Leave a Comment