Madhes Khabar
राष्ट्रिय

११ मध्ये ५ उपमहानगरको नतिजा सार्वजनिक : ६ वटामा मतगणना जारी

मधेसखबर
वीरगन्ज,०७जेठः
देशभरका ११ वटा उपमहानगरपालिका मध्ये कलैया ,जितपुरसिमरा,हेटौँडा, नेपालगन्ज र घोराहीको नतिजा सार्वजनिक भइसकेको छ ।
बाराको कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, बाराकै जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले, मकवानपुरको हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, बाँकेको नेपालगन्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले विजयी भएका हुन् ।
बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेसको अग्रता छ ।

मतगणना जारी रहेका उपमहानगरहरु

१. जनकपुरधाम
स्वतन्त्र मनोजकुमार साह सुड्डी :७ हजार ७ सय ८
एमालेका शिवशङ्कर साह : ५ हजार २ सय ८०

२. बुटवल
कांग्रेसका खेलराज पाण्डेय : २५ हजार ६ सय १२
एमालेका बाबुराम भट्टराई : १८ हजार ६ सय ५९

३. इटहरी
कांग्रेसका हेमकर्ण पौडेल : २६ हजार ६ सय ५२
एमालेका यामकुमार चुम्वाङ सुब्बा : २२ हजार ५ सय ८०

४. धरान
स्वतन्त्र हर्कराज राई : १२ हजार ९५
कांग्रेस किशोर राई : १० हजार ७ सय ८१
एमाले मञ्जु भण्डारी सुवेदी ः ८ हजार ७ सय ३९

५. धनगढी
स्वतन्त्र गोपाल हमाल : २१ हजार ८१
कांग्रेसका नृपबहादुर वड : १० हजार ४ सय ५७

६. तुलसीपुर
एमालेका टीकाराम खड्का :१० हजार ६ सय ५
कांग्रेस गेहेन्द्र गिरी ः १० हजार ५ सय ३४

Related posts

नेताको आडमा काम नगर्ने ठेकेदारलाई ठिक पार्छौ : मन्त्री इस्तियाक राइ

MadhesKhabar

विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

MadhesKhabar

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

MadhesKhabar

Leave a Comment