Madhes Khabar
राष्ट्रिय

एमालेलाइ १ भोटले हराउदै काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

मधेसखबर
वीरगन्ज, ०३ जेठ :
पर्सामा नेपाली काँग्रेसका एक जना उम्मेदवार १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
विन्दवासीनी गाँउपालिका वडा नम्बर ३ मा काँग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहालाइ १ मतले हराउदै चौरसीया वडा अध्यक्षमा जितेका हुन् ।
मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाका अनुसार , काँग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जोलाहाले ११८४ मत पाएका छन् ।
२०७४ सालको निर्वाचनमा पनि काँग्रेसबाटै उम्मेदवार बनेका चौरसीया, तत्कालीन राजपाबाट जितेकी सल्मा खातुनसंग ६७ मतले पराजित हुदै दोश्रो स्थानमा रहेका थिए ।

Related posts

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

MadhesKhabar

उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित

MadhesKhabar

कतारका अमीरको स्वागतमा भोलि मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment