Madhes Khabar
राष्ट्रिय

कतारका अमीरको स्वागतमा भोलि मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,१०बैशाख :सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भोलि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमण आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्।

थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

 

 

Related posts

लामो दूरीका र काठमाडौं उपत्यका आवतजावत गर्ने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द

MadhesKhabar

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

MadhesKhabar

जेनजी आन्दोलन छानबिनको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजान्छौ : प्रधानमन्त्री कार्की

MadhesKhabar

Leave a Comment