Madhes Khabar
राष्ट्रिय

हप्तामा दुइ दिन विदा दिने सरकारको निर्णय

माधुरी महत्तो
वीरगन्ज, १४ बैशाख
: सरकारले आगामी जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले हप्तामा अब शनिबार र आइतबार गरि दुइ दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सन्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको जानकारी दिए ।
सन्चारमन्त्री कार्कीले जेठ १ गते देखि देखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउने बताए ।
इन्धनको खपत घटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हप्तामा दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो ।
हप्तामा दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ ।
सन्चारमन्त्री कार्कीका अनुसार विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ ।

Related posts

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

बाढीपहिरो अपडेट : हालसम्म १०० जनाको मृत्यु, ६७ बेपत्ता

MadhesKhabar

पर्सा मालपाेत प्रमुख तिवारी सहित ६ जना विरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

MadhesKhabar

Leave a Comment