Madhes Khabar
राष्ट्रिय हेडलाइन

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

मधेसखबर
वीरगन्ज ,०५ असाेज : पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्।

पूर्वराष्ट्रपति यादवले  राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्।

‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

Related posts

पर्सामा एक महिनामा जन्मसिद्ध नागरिकका २५ सय बढि सन्तानले लिए बंशजको नागरिकता

MadhesKhabar

वीरगन्ज महानगरलाई सरसफाई सम्झौता लागू गर्ने बाटो खुल्यो, अदालतले दिएन ‘स्टे अर्डर’

MadhesKhabar

वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment