Madhes Khabar
स्थानिय हेडलाइन

स्वर्गीय पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पटेललाई प्रदान

वीरगन्ज,१६मंसिरःसमाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गरिएको छ ।

आइतबार वीरगन्जमा आयोजित स्वर्गीय पत्रकार नरेश सर्राफको दोश्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य पटेललाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पत्रकार पटेललाई दोशल्ला ओढाँउदै गद २१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे । त्यसअवसरमा स्वर्गीइ पत्रकार सर्राफकी छोरीकोपनि उपस्थिती थियो ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुबेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जारा, जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ ,रेडियो वीरगञ्जका अध्यक्ष ध्रुब साह,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष विजय भण्डारी लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते

MadhesKhabar

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

वीरगन्जमा आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

MadhesKhabar

Leave a Comment