Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा लामुखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी

मधेसखबर
वीरगन्ज,८फागुन : वीरगन्ज महानगरपालिकाले फेरि लामुखुट्टे मार्ने विषादी छर्कने तयारी गरेको छ । वीरगन्जमा केहि दिन यता फेरि लामखुट्टेको संख्या बढेर समस्या भइरहेको जनगुनासो आएपछि त्यसैलाइ मध्यनजर गरि महानगरपालिकाले यहि फागुन १० गते बुधबार देखि लामखुट्टे मार्ने विषादी छर्कने अभियाान शुरु गर्ने भएको हो ।

केहि दिन यता फेरि लामखुटटेको प्रकोप बढेको र त्यसबाट फैलन सक्ने मलेरिया , डेंगु जस्ता रोगको संक्रमण नियन्त्रणका लागि यहि फागुन १० गते देखि लामखुट्टे मार्ने विषादी छर्कने अभियान शुरु गनर्न लागिएको महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगन्जका ३२ वटै वडामा बिहान र बेलुक गरि दिनको दुइ पटक विषादी छर्किने मियाँले बताए ।फागुन १० देखि चैत ६ गते सम्म ३२ वटै वडामा बिहान र बेलुकी गरि पम्प स्प्रे र एयर स्प्रे गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरले विषादी छर्कनका लागि जारी गरेको सुचना सहितको तालिका हेर्नु होेस् :

 

 

Related posts

वीरगन्जको बालसुधार गृहमा बाल कैदीबन्दीहरुले तोडफोड गर्न खोजेपछि भयो तनाव

MadhesKhabar

वीरगन्जमा पानीको संकट टरोस् भन्ने कामना गर्दै ‘पर्जन्य (वृष्टि) यज्ञ’ आयोजना

MadhesKhabar

अदालतको सम्मान गर्दै कांग्रेस नेता शाहबुद्धिनले महानगरलाई फिर्ता गरे करोडौंको जग्गा

MadhesKhabar

Leave a Comment