Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा लामुखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी

मधेसखबर
वीरगन्ज,८फागुन : वीरगन्ज महानगरपालिकाले फेरि लामुखुट्टे मार्ने विषादी छर्कने तयारी गरेको छ । वीरगन्जमा केहि दिन यता फेरि लामखुट्टेको संख्या बढेर समस्या भइरहेको जनगुनासो आएपछि त्यसैलाइ मध्यनजर गरि महानगरपालिकाले यहि फागुन १० गते बुधबार देखि लामखुट्टे मार्ने विषादी छर्कने अभियाान शुरु गर्ने भएको हो ।

केहि दिन यता फेरि लामखुटटेको प्रकोप बढेको र त्यसबाट फैलन सक्ने मलेरिया , डेंगु जस्ता रोगको संक्रमण नियन्त्रणका लागि यहि फागुन १० गते देखि लामखुट्टे मार्ने विषादी छर्कने अभियान शुरु गनर्न लागिएको महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगन्जका ३२ वटै वडामा बिहान र बेलुक गरि दिनको दुइ पटक विषादी छर्किने मियाँले बताए ।फागुन १० देखि चैत ६ गते सम्म ३२ वटै वडामा बिहान र बेलुकी गरि पम्प स्प्रे र एयर स्प्रे गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरले विषादी छर्कनका लागि जारी गरेको सुचना सहितको तालिका हेर्नु होेस् :

 

 

Related posts

पर्यटन प्रबर्द्धनमा फड्काे मार्दै ठोरी :स्काइ वाक भ्यू टावर पनि सञ्चालन

MadhesKhabar

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

MadhesKhabar

वीरगन्जमा कांग्रेसले आयाेजना गरेकाे कार्यक्रममा १२ सय बढी मुस्लिम धर्मावलम्बीले गरे इफतारी

MadhesKhabar

Leave a Comment