Madhes Khabar
स्थानिय

समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी अध्यक्ष पटेललाई

वीरगन्ज,३माघ: नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मनाेज पटेलले पाएका छन् ।

समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष प्रविण साहले एक प्रेस विज्ञप्ती जारी गर्दै महाधिवेशनपछि संगठनको कामकाज सुस्त देखएिकाले पर्सामा २०८० माघ मसान्तभित्र जिल्ला सम्मेलन गरी नयाँ जिल्ला कार्यसमिति समेत गठन गर्ने गरि केन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष मनोज पटेललाई जिम्मेवारी दिइएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएकाे छ- स्थापनापछिको केही समयदेखि नै प्रेस संगठन नेपाल पर्सा समितिमा देखिएको विवाद मिलाउन पटक-पटकक प्रयास गरिएकै हो । केन्द्रीय समिति र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा समितिको पहल र समन्वय पनि भएको हो । तर केही असन्तुष्ट साथीहरुले पार्टी र संगठनको समन्वयलाई पनि लत्याउने काम भइरह्यो।

उक्त विज्ञप्ती समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष एवं नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्षलाई पनि वाेद्धार्थ गरिएकाे छ ।

Related posts

पर्सामा ठूलो परिमाणमा चरेस र गाँजा सहित चार जना पक्राउ

MadhesKhabar

वीरगन्ज–३१ को विद्यालय र सार्वजनिक स्थानमा २४ लाखको लागतमा शौचालय निर्माण

MadhesKhabar

ठेकेदार सम्पर्कबिहीन हुदाँ बाराको अर्नवा–नरही सडक दुई वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment