Madhes Khabar
राष्ट्रिय

सहकारी ठगी प्रकरणमा जीबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

काठमाडौं,३माघ: सानाे पाइला सहकारीका संरक्षक तथा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा सहकारी विभागमा उजुरी परेको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।साभार:राताेपाटीबाट

Related posts

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

MadhesKhabar

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

MadhesKhabar

दुर्घटनाग्रस्त अवस्थामा भेटियाे मनाङ एयरकाे हेलिकप्टर

MadhesKhabar

Leave a Comment