Madhes Khabar
राष्ट्रिय हेडलाइन

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

काठमाडौं,२९माघ : निर्वाचन आयोगले चितवनको क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि चितवन–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो ।

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि उनको सांसद पद गुमेको छ। प्रतिनिधिसभा सदस्य रिक्त सो स्‍थानमा उपनिर्वाचन हुन लागेको हो।

२०७४ को दफा ७ बमोजिम आयोगले स्वीकृत गरी उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते,उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।

 

 

Related posts

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

MadhesKhabar

ठाेरीकाे गाई फार्म छाडेर हिडेका सञ्चालकहरुले फार्ममा पुगेर गाईलाई दानापानी खुवाउन थाले

MadhesKhabar

सरकारले गरेको मूल्यांकनमा पर्सा जिल्लामा पटेर्वा सुगौली गाँउपालिका भयो प्रथम

MadhesKhabar

Leave a Comment