Madhes Khabar
राष्ट्रिय

दुर्घटनाग्रस्त अवस्थामा भेटियाे मनाङ एयरकाे हेलिकप्टर

काठमाडौं,२६असार: मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ । हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।साभार:अनलाइनखबर

Related posts

मंसिर ४ मा चुनाव गर्न सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत

MadhesKhabar

फास्ट ट्रयाकमा डीपीआर नबन्दै २९ अर्ब खर्च

MadhesKhabar

उम्मेदवारी दिने बित्तिकै सांसद पद सकिन्छ: निर्वाचन आयोग

MadhesKhabar

Leave a Comment