Madhes Khabar
राष्ट्रिय

उम्मेदवारी दिने बित्तिकै सांसद पद सकिन्छ: निर्वाचन आयोग

मधेसखबर

वीरगन्ज,१९ साउन : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसंगै  सकिने जनाएको छ।

मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगको तर्फबाट बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताएका हुन् ।

‘आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि, दसैंलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं,’ उनले भने ।

प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या भने आयोगले नगर्ने थपलियाको भनाइ थियो । उनले निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था पनि स्मरण गराए ।

Related posts

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

MadhesKhabar

अमलेखगन्जको बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ को सनाखत

MadhesKhabar

जीबी राई र रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे छानबिन

MadhesKhabar

Leave a Comment