Madhes Khabar
राष्ट्रिय हेडलाइन

अमलेखगन्जको बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ को सनाखत

मधेसखबर
वीरगन्ज,२० असोज : बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ जना मध्ये अहिले सम्म ९ जनाको सनाखत भएको छ ।

 

सनाखत हुने मृतकहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की मुन्नीदेवी चौरसिया, वीरगन्ज १६ कै सकेम प्रसाद चौरसीया , बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० की नगरीन खातुन, कलैयाकै इन्ताज अन्सारी , बाराकै जितपुर सिमरा २२ अमलेखगञ्जका सुरेश विक रहेका छन् ।

यस्तै दुर्घटनामा परि मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, त्यही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए । अहिले सम्म मृत्यु भएका १६ मध्ये ९ जनाको मात्रै सनाखत भएको र अरु मृतकहरुको परिचय खोज्ने काम भइरहेको उनले बताए ।

गौतमका अनुसार , घाइते मध्ये २० जनालाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । ती मध्ये ७ जना घाइते वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का रहेका छन् ।

 

नारायणगढबाट वीरगन्जतर्फ आउदै गरेको बा प्र. ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित तीन नम्बर पुलमा बिहीबार बिहान साढे १० बजे तिर दुर्घटनामा परेको थियो ।

Related posts

शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

MadhesKhabar

वीरन्जका होटलहरुमा महानगरको अनुगमन, माल्ट रेस्टुरेन्टलाई २५ सय जरीबाना

MadhesKhabar

वीरगन्जमा चिसोबाट जोगाउन सडकका कुकुरहरु बस्नका लागि घर बनाउँदै वडाध्यक्ष कानु

MadhesKhabar

Leave a Comment