Madhes Khabar
राष्ट्रिय

मंसिर ४ मा चुनाव गर्न सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत

मधेसखबर
वीरगन्ज, १८ साउन : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सहमति भएको हो ।अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताए । बैठकमा सहभागी ती नेताले भने ,‘ मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, बिहीबारको क्याबिनेटले मिति घोषणा गर्छ ।’

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।

Related posts

गृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

MadhesKhabar

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पनि पक्राउ

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

MadhesKhabar

Leave a Comment