वीरगन्ज,२९बैशाखःबुद्ध जयन्तिको अवसरमा रिलिफ सोसाइटी अफ कमर्स वीरगन्जले मनोरोग विशेषज्ञ चिकित्सक डा. भरत गोइतसहित पाँच जना व्याक्तिहरुलाई सम्मानित गरेको छ ।
रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा सोमबार एक कार्यक्रम नै आयोजना गरेर सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका डा. गोइतसहित पाँच जना व्याक्तिहरुलाई सम्मानित गरेको हो ।
सम्मानित हुने अन्य व्याक्तित्वहरुमा साहित्यकार जयकिशोर पाण्डे,वीरगन्ज भेट्रान सिटी क्लबका अध्यक्ष सविन बस्नेत, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सारावगी र महिला उद्यमी आरती सिंह रहेका छन् ।
समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको भन्दै रिलिफ सोसाइटी अफ कमर्स वीरगन्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवले बताए ।
कर्यक्रममा रिलिफ सोसाइटी अफ कमर्सका पुर्वअध्यक्ष तथा उद्योगपति गणेश लाठले रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित संस्था भएको र यसको स्थापना बुद्ध जयन्तीकै दिन भएको बताए।
इादवको अध्यक्षता तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा,बरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा,बरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल,अशोक बैद्य, माधव राजपाल,अनिल पटवारी लगायतकाकोपनि उपस्थिति रहेको थियोे।

