Madhes Khabar
समाज

वीरगन्जमा सशस्त्र प्रहरी दिवसमा आयोजित कार्यक्रममा ५७ जनाले गरे रक्तदान

वीरगन्ज,७माघःसशस्त्र प्रहरी बलको २४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् ।

वीरगन्ज–१४ पिपरास्थित सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्साले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ५७ जनाले रक्तदान गरेका हुन् ।सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा कार्यक्रममा सशस्त्र प्रहरी बलका ५७ जनाले रक्तदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,नेपाली सेनाका सेनानि देव बहादुर बोहरा लगायतकाकोपनि उपस्थिति थियो ।

 

Related posts

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

वार्षिकाेत्सवमा भोजपुरी टाईम्सले अपांगता भएका बालकलाई दियाे ह्वील चेयर

MadhesKhabar

Leave a Comment