Madhes Khabar
शिक्षा हेडलाइन

शिक्षालाई राजनीतिकरण नगर्न मेयर सिंहकोे आग्रह

मधेसखबर
वीरगन्ज, २८ मंसिर : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको शैक्षिक क्षेत्र सुधारका लागि सबैको साथको आवश्यकता रहेको बताएका छन् ।

वीरगन्जमा बुधबार प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारणसभालाई सम्बोधन गर्दै मेयर सिंहले नीजी विद्यालयको स्तरीकरण र शुल्क निर्धारण गर्ने काम नेपालमै पहिलो पटक गरिएको भन्दै यसलाई कार्यान्वयनमा लैजान एकअर्कासँग हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

मेयर सिंहले नीजी विद्यालयको स्तरीकरण र शुल्क निर्धारणले शिक्षामा आमुल परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको जिकिर पनि गरे ।मेयर सिंहले महानगरले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउदै केही कमी कमजोरी र असन्तुष्टी भएमा सच्याउँदै जान सकिने पनि बताए ।

‘निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धी हो । यसमा केही त्रुटी पनि होलान्,’ मेयर सिंहले भने, ‘उचित असन्तुष्टीलाई समाधान गर्दै र त्रुटीहरुलई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकियो भने वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्नेमा म ढुक्क छु ।’

केही व्यक्तिले अनावश्यक रुपमा शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास गरिरहेको भन्दै मेयर सिंहले राजनीति नै गर्ने भए दलमा आएर खुला रुपमा राजनीति गर्न पनि आग्रह गरे । आफूले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको भन्दै उनले यसमा सबैले साथ दिन अनुरोध गरे ।विद्यालयमा शूल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उनले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ, सहयोग र सुझाव दिनुपर्ने बताए ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

Related posts

कानुनविद् भन्छन् : राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले राजिनामा दिनुपर्छ

MadhesKhabar

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

अङ्ग्रेजी नयाँ वर्षमा नेपाल र भारतका पर्यटकले ठाेरीका पर्यटकीय स्थलहरु भरिभराउ

MadhesKhabar

Leave a Comment