Madhes Khabar
स्थानिय हेडलाइन

सरसफाईमा अझ कडाई गर्दै महानगर : फोहोर फाल्ने एक जनालाई ५० हजार जरिबाना

वीरगन्ज,२२ बैशाख : शहरको सरसफाई र सौन्दर्यकरण अभियान चलाएको वीरगन्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही गरि ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो ।

वीरगन्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिबाना गरेको हो ।महानगरले यस अघि वीरगन्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो ।

महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाही गरि ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म ३ सय ९० जनालाई कारबाही गरि जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगन्ज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजार देखि ५१ हजार रुपैयाँसम्म जरिवाना तिराउदै आएको छ ।

नगर सफा राख्न वीरगन्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३/३ पटक फोहोर संकलन गर्नुकासाथै ब्रुमरमार्फत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ ।

Related posts

कलैयामा छठघाट नजिककाे पाेखरीमा डुबेर एक बालकको मृत्युु

MadhesKhabar

पर्सा : गाँजा र तस्करलाई छुटाउन हुलहुज्जत गर्न पुगेका कारोबारीहरु प्रहरीको थप टोली पुगेपछि फरार

MadhesKhabar

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

Leave a Comment