Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरद्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला

वीरगन्ज,१४जेठ: वीरगन्ज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो ।

 

महानगरपालिकाका अनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिएका विद्यार्थीहरूको लिखित परीक्षा सञ्चालन गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।
कक्षा ९ का लागि २०८२ सालको नगरस्तरीय कक्षा ८ को परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

 

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम बुधबार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ । आवेदन महानगरपालिकाको आधिकारिक छात्रवृत्ति पोर्टल scholarship.birgunjmun.gov.np⁠ मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।

 

महानगरपालिकाले विगत केही वर्षदेखि संस्थागत विद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।

Related posts

कांग्रेसले तय गर्‍यो बाराका चारवटै क्षेत्रमा उम्मेदवार, सबै गगन पक्षका

MadhesKhabar

पर्साकाे ग्रामीण भेगमा कम्प्युटर इन्जिनियरिङकाे पढाइ सुरु:विपन्न विद्यार्थीलाई गाँउघरमै सुनौलो अवसर

MadhesKhabar

शिक्षकहरुको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

MadhesKhabar

Leave a Comment