Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको नैनीतालमा भएको गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु

काठमाडौं,२७चैतः भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।९ जना नेपाली सवार गाडी मंगलबार बिहान नैनीताल जिल्लाको बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइतेपनि भएका छन् ।

मृतक र घाइते नेपालीहरु भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको भारतीय समाचारमा उल्लेख छ ।

मृतक नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

मृतक नेपाली सातै जना कञ्चनपुर जिल्लाको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । घर फर्किंदै गर्दा उनिहरु सवार रहेको गाडी सडकबाट १५० फिट तल खोंचमा खसेर दुर्घटनामा परेको हो ।दुर्घटनामा उक्त गाडीका चालक भारतीय नागरिक राजेन्द्र कुमारकोपनि मृत्यु भएको छ ।

Related posts

जम्मुमा वैष्णाेदेवी जाँदै गरेकाे बस दुर्घटना हुदाँ १० जनाकाे मृत्यु

MadhesKhabar

पाकिस्तानमा तीर्थयात्री बोकेको ट्रक दुर्घटना हुदाँ १७ जनाको मृत्यु

MadhesKhabar

भारतको उत्तराखण्डको पहिरोमा परी १६ जना नेपाली बेपत्ता

MadhesKhabar

Leave a Comment