Madhes Khabar
मनोरञ्जन

वीरगन्ज जेसिजद्वारा स्थानीय कलाकारहरु सम्मानित

वीरगन्ज,२बैशाखःवीरगन्ज जेसिजले वीरगन्जका स्थानीय कलाकारहरुलाई सम्मानित गरेको छ । मंगलबार वीरगन्ज जेसिजको सचिवलायमा एक कार्यक्रम आयोजना गरेर कलाकारहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा भोजपुरी चलचित्रका नायक प्रदेशी साह, भोजपुरी गायक तथा चित्रकार अजमत अली र गायक सिद्धान्त सहनी रहेका छन् । कार्यक्रममा उनिहरुलाई प्रमुख अतिथी वीरगन्ज जेसिजकी पूर्व अध्यक्ष मधु राणा, वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसिया लगायतकाले दोशल्ला ओढाएर कदरपत्र र मायाको चिन्हो प्रदान गरेर सम्मानित गरिएको हो ।

वीरगन्जका स्थानीय कलाकारहरुलाई प्रोत्साहित गर्न सम्मानित गरिएको वीरगन्ज जेसिजका अध्यक्ष चौरसियाले बताए । चौरसियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वीरगन्ज जेसिजका पूर्व अध्यक्षहरु जितेन्द्र पुरुष ढकाल,निशान्त लामिछाने,अशोककुमार गुप्ता, सन्तोष खनाल, डाक्टर अरविन्द श्रेष्ठ, रन्जन राउत लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

एसियाकै सर्वाधिक महँगो अभिनेता बने रजनीकान्त

MadhesKhabar

बारामा छायांकन गरिएको ‘लै बरी लै लै’ वीरगन्जमा रिलिज

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment