Madhes Khabar
मनोरञ्जन

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

काठमाडौं,१७फागुन : अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन ।

तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज नहुँदै मनिषाले यसबाट चर्चा बटुलेकी छन् । दुई साताअघि काठमाडौंमा आइपुगेकी मनिषाले केही अन्तर्वार्ता दिन भ्याइन्, जहाँ उनले राजनीतिबारे आफ्नो दृष्टिकोण र अन्य केही तयारीबारे खुलाएकी छन् ।

नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले त्यसतर्फ संकेत गरेकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘राजनीतिमा आएर परिवर्तन हुने सम्भावना देखें भने म पक्कै आउँछु । सायद, सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेकी छु ।’

राजनीतिसँग बसेपनि र राजनीतिलाई बुझ्दा–बुझ्दै पनि आफ्नो राजनीतिक दिमाग नभएको स्वीकारोक्ती चाहिं उनको छ । भन्छिन्, ‘दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने संकेत दिएकी छन् । तर हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको उनले बताएकी छन् ।

यसैबीच, आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ । आधा घण्टामा म बुढानीलकण्ठ जगिङमा जान सक्छु । साइक्लिङ गर्न सक्छु । मुख्य कारण प्रकृति हो । मलाई ट्रेकिङ गर्न र नेचरसँग नजिक हुन मन लाग्छ ।’

मानिसका लागि प्रेम जरुरी भएको भन्दै मनिषाले प्रेमले सबैलाई जोड्न सक्ने बताइन् ।साभारः अनलाइनखबर

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

‘गदर २’ ले कमायो ४ सय करोड भारु

MadhesKhabar

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

MadhesKhabar

Leave a Comment