Madhes Khabar
मनोरञ्जन

विवादका बावजुद फिल्म ‘पठान’ले गर्‍यो कीर्तिमानी कमाइ

काठमाडौं,१२माघ : शाहरूख खान अभिनित फिल्म पठानले कीर्तिमानी कमाइ गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन भारू ५३ करोड कमाइ गरेको हो। ‘ननविकेन्ड’मा यो कमाइ कीर्तिमानी रहेको विश्लेषक कोमल नहाटाले जानकारी दिएका छन्।

भारतबाहेकका अन्य देशमा पनि पठानले ४ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ। फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ।

पठानको ‘बेसरम’ गीत सार्वजनिक भएपछि विवादित बनेको थियो। हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म पठानकाे प्रदर्शनमा रोक लगाएको छ।

त्यसका बावजुद पनि फिल्मले ‘विकेन्ड’मा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ। यसअघि विकेन्डमा वारले ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्ज नजिकै चैनपुरमा पहिलो फन पार्क सन्चालन

MadhesKhabar

वीरगन्जमा वडाध्यक्ष परागले सार्वजनिक गरे हिन्दी गीत ‘मुरिद तेरा ’

MadhesKhabar

एसियाकै सर्वाधिक महँगो अभिनेता बने रजनीकान्त

MadhesKhabar

Leave a Comment