Madhes Khabar
मनोरञ्जन

वीरगन्जमा वडाध्यक्ष परागले सार्वजनिक गरे हिन्दी गीत ‘मुरिद तेरा ’

वीरगन्ज,४ असोज : वीरगन्जमा आज एक कार्यक्रम आयोेजना गरी “मुरिद तेरा” हिन्दी गीत सार्वजनिक गरिएको छ । वीरगन्जकै कलाकारहरुले बनाएको “मुरिद तेरा” हिन्दी गीतलाई कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह परागले सार्वजनिक गरेका हुन् ।वीरगन्जको विर्तामा रहेको स्मोकी हाउसमा वडाध्यक्ष परागले स्क्रीनमा प्ले गरेर गीत सार्वजनिक गरेका थिए ।

त्यसअवसरमा बोल्दै वडाध्यक्ष परागले उक्त गीतमा हिन्दी र नेपाली भाषाको समिश्रणले अत्याधिक राम्रो देखिएको टिप्पणी गरे । यस क्षेत्रका कलाकारहरुको सम्मान र आधारभुत आवश्यकता पुरा हुन नसकेकामा उनले दुःखपनि व्यक्त गरे ।उनले कलाकारहरुको सम्मान र आधारभुत आवश्यकताहरुलाई सम्बोधन गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे ।

गीतमा वीरगन्जका लोकप्रिय युवा गायक सदाम हुसेनले संगीत भरेका छन् भने वीरगन्जकै युनिक आजम र निलम भट्टले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, नेपाल मिहला संघकी केन्द्रिय सदस्य डा.सुष्मा तिवारी, सामाजिक अभियन्ता प्रकाश थारु , शिक्षक सुलभ केसी , मार्टिन मोक्तान,युवा अभियन्ता देवेश गुप्ता, सकृय पत्रकार तिवारी यादव , कलाकार अशोक प्रधान , भोजपुरी गायक सुनिल पंडित लगायतकाकोपनि सहभागीता रहेको थियो ।

 

Related posts

राैतहटकाे मधानी महाेत्सवमा भारतीय अभिनेता गाेविन्दाले दिए प्रस्तुति

MadhesKhabar

दाइजो प्रथाको कथामा आधारित चलचित्रको छायांकन सकियो, मंसिरमा रिलिज हुने

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment