Madhes Khabar
मनोरञ्जन

अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता

काठमाडौं, ३० साउन : बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

Related posts

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

‘बाहुबली २’ को रेकर्ड तोड्दै ‘गदर २’ बन्यो सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म

MadhesKhabar

वीरगन्जका पत्रकार पटेलकाे स्वरमा सजिएकाे छठीमाईको भोजपुरी गीत सार्वजनिक

MadhesKhabar

Leave a Comment