Madhes Khabar
मनोरञ्जन

‘बाहुबली २’ को रेकर्ड तोड्दै ‘गदर २’ बन्यो सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म

काठमाडौं ,२५भदाैं: बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले आइतबार नयाँ रेकर्ड राखेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको ३१ दिनमा ५१५ करोड ३ लाख भारू कमाएको छ। योसँगै ‘गदर २’ सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ।

एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्दै ‘गदर २’ ले उक्त रेकर्ड राखेको हो। ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारू कमाएको थियो।

हालसम्म सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म ‘पठान’ रहेको छ। शाहरूख खान अभिनीत फिल्म ‘पठान’ ले ५४३ करोड भारू कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको फिल्म ‘गदर २’ मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

Related posts

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment