Madhes Khabar
मनोरञ्जन

माओवादी द्वन्द्वकालमा बलात्कृत महिलाहरुको कथावस्तुमा आधारित ‘देवी’ वृत्तचित्रको वीरगन्जमा गरियो प्रदर्शनी

वीरगन्ज,२जेठः माओवादी द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाहरूको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले निर्मित वृत्तचित्र ‘देवी’ को वीरगन्जमा विशेष प्रदर्शनी गरिएको छ । सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार संघ नेपाल पर्साको संयुक्त आयोजनामा वीरगन्जको आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा बिहीबार प्रदर्शन गरिएको हो।

सुबिना श्रेष्ठद्वारा निर्देशित ‘देवी’ माओवादी नेतृ देवी खड्काको वास्तविक जीवनमा आधारित छ। खड्का माओवादी युद्धमा आमासँगै सहभागी भएकी पूर्व लडाकु, राजनीतिज्ञ र यौन हिंसा पीडित हुन्। वृत्तचित्रले द्वन्द्वपछिको नेपालमा शक्तिशाली निकायहरूले यौन हिंसाका मुद्दाहरूलाई दबाउन खोजिरहेको अवस्थामा देवीले आफ्ना अनुभवहरू सार्वजनिक गर्दै न्यायको लागि गरेको संघर्षलाई प्रस्तुत गर्दछ। प्रदर्शनीपछि वक्ताहरूले देवीको साहसको प्रशंसा गरेका थिए।

वृत्तचित्र प्रदर्शनपछि मधेस प्रदेशका पूर्वराज्यमन्त्री एंव माओवादी केन्द्रका नेता रहबर अंन्सारी, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख हेमा थापा, महिला उद्यमी गुड्डी जोशी, महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदी, वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतले वृत्तचित्रमाथि आफ्ना विचार राखेका थिए।

पूर्वराज्यमन्त्री अन्सारीले राजनीतिक आन्दोलनहरूमा लुकेका लैंगिक हिंसाका कथाहरू बाहिर नआउने गरेको उल्लेख गर्दै ‘देवी’ ले त्यस्ता पीडाहरूलाई उजागर गरेको बताए। महिला अधिकारकर्मी डा. द्विवेदीले वृत्तचित्रले आफैंभित्रको साहस देखाएको र महिला उद्यमी जोशीले मौनता तोड्न ‘देवी’ जस्ता कथाले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरिन्।

आयोजकहरूले मधस क्षेत्रमा द्वन्द्वको असर भए पनि यहाँका पीडितहरूको आवाज ओझेलमा परेकोले ‘देवी’ को प्रदर्शनमार्फत यो बहस मधेससम्म पुर्याउने प्रयास गरिएको बताए। चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण विकले वृत्तचित्रलाई समाजको ऐनाको रूपमा व्याख्या गर्दै ‘देवी’ को साहसिक प्रस्तुति प्रशंसनीय रहेको बताए।

Related posts

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

MadhesKhabar

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

MadhesKhabar

वीरगन्जमा वडाध्यक्ष परागले सार्वजनिक गरे हिन्दी गीत ‘मुरिद तेरा ’

MadhesKhabar

Leave a Comment