वीरगन्ज,०५माघ:लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का केन्द्रीय उपाध्यक्ष एंव वीरगन्जका पूर्व उपमेयर पुरुषाेत्तम लाल झा जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन्।
बलिदानी दिवसकाे उपलक्ष्यमा शनिबार वीरगन्जमा जसपा पर्साले आयाेजना गरेकाे बृहत् पार्टी प्रवेश कार्यक्रममा लाेसपाका केन्द्रीय उपाध्यक्ष झा,लाेसपाका केन्द्रीय सदस्य रेखा कर्ण,उद्योगपति भागमतलाल झा,थारु कल्याणकारिणी समाजका महासचिव विकास चाैधरीसहितका अन्य दलका सयाैं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन्।
कार्यक्रममा उनिहरुलाई जसपाका केन्द्रीय अध्यक्ष अशाेक राई,जसपाका उपमहासचिव तथा खानेपानीमन्त्री प्रदीप यादव,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायतले झालाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे।
कार्यक्रममा लाेसपा,जसपा नेपाल,नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्रका गरि ५ सय बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेकाे जसपाका केन्द्रीय सदस्य जनार्दन यादवले जानकारी दिए।
जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीकाे अध्यक्षतामा भएको कार्यक्रममा जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ,केन्द्रीय सदस्य माेहनलाल चाैधरी,जनार्दन यादव,पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी,भीमा यादव,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,युवा नेता तबरेज अहमद,असलम आलम लगायतकाकाेपनि सहभागीता थियाे।

