Madhes Khabar
राष्ट्रिय

झ्याप्लेखोला पहिरोको अपडेट : पहिरोमा पुरिएका ३ वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव फेला

तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल, नेपाल

काठमाडौं,१३असोजःपृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

चितवनबाट काठमाडौंका लागि गएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो ।थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसपनि त्यहि पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ उक्त माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।साभार : ईकान्तिपुर

Related posts

नागरिकता विधेयक माथिको सुनुवाइ आज भएन ,अब आइतबार हुने

MadhesKhabar

नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

MadhesKhabar

बाढी र पहिरोमा परी दुई दिनमै १४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment