Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

सुर्य भगवान र छठी माताकाे पूजा अर्चना गरी आज छठ पर्व मनाइदैं

फाइल तस्बिर।

वीरगन्ज,३मंसिर : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व आज आइतबार सुर्य भगवान र छठी माताको पूजा आरधना गरि हर्षाेल्लाशका साथ मनाइदै छ ।

कात्तिक शुक्ल पक्षको चौठी तिथी देखि विधिीवत रुपमा शुरु हुने छठ पूजा सप्तमी तिथी सम्म चार दिन मनाइन्छ । शुक्रबार देखि विधीवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी तिथी अर्थात शनिबारका दिन देखि ब्रतालुहरु निर्जला ब्रत शुरु गरेका छन् । छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ ।

खरना परेको शनिबार ब्रतालुहरु गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बसेका थिए । शनिबार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएका थिए । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर शनिबार बेलुकी देखि निर्जला ब्रत शुरु गरेका हुन् ।

खरनाको भोलि पल्ट आज अर्थात आइतबार परेको षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन हो । यस दिनलाइ सँझिया घाटे भनिन्छ । ब्रतालुहरु आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि , पोखरी , तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाँउछन् । त्यसपछि आइतबार साँझ पख अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा , कागती , ठेकुवा , बोडी , अदुवाको बोट , स्याउ , जटा भएको नरिवल , भिजाएको केराउ , चामलको अछता , पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेरड अर्घ (पूजा ) दिन्छन् ।सुर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ आफनो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथीका दिन अर्थात सोमबार बिहान झिमिसेमै ब्रतालुहरु फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोरा छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।

सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् । सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् ।उदाउदो सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

Related posts

पर्सामा विधुत चोरी गरि प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

नवनिर्वाचित प्रदेशसभा सदस्य सोनल अस्पतालमा भर्ना

MadhesKhabar

अजय द्विवेदीले पाए चुनाव चिन्ह माछा

MadhesKhabar

Leave a Comment